बारम्बार साेधिने प्रश्नहरु

तपाईले यसै वेवसाइटमा भएको गुनासो दर्ता फारम भरेर गुनासो दर्ता गर्न सक्नुहुन्छ

तपाइले गुनासो दर्ता गर्न लगीन गर्न जरुरी छैन

प्रभाबकारी रुपमा सम्बोधन गर्न गुनासो दर्ता फारममा वास्तविक र विस्तृत जानकारी प्रदान गर्नुहोस।

गुनासोसित सम्बन्धित कुनै फाइल भए पेश गर्न सक्नुहुन्छ।

तपाइले फोटो, भिडियो तथा पिडियफ फाइल पेस गर्न सक्नुहुन्छ।

गम्भीरताको  प्रकार छनोट गर्नुले प्राथमिकता तथा सम्बोधन गर्न लाग्ने दिन निर्धारण गर्छ।

सामान्य गर्भिरताको गुनासो ७ दिन भित्र सम्बोधन हुन्छ। जरुरी गुनासो ३ दिन भित्र सम्बोधन हुन्छ र अती जरुरी २४ घण्टा भित्र सम्बोधन हुन्छ।

तपाई आफैले गोपनियताको प्रकार छनोट गर्न सक्नुहुन्छ। “उल्लेख गर्नुहोस” छनोट गरेमा तपाईको विवरण सार्बजनिक हुनेछ। “गोप्य राख्नुहोस” छनोट गरेमा गोप्य रहनेछ र “बेनामी” छनोट गरे आफ्नो बिवरण पेश नगरीकन गुनासो गर्न सकिन्छ।

यहि वेवसाइटमा गुनासोको स्थिति बुझ्नुहोस् भनेर लेखिएको ठाउँबाट गुनासोको स्थिति बुझ्न सकिने छ।

सार्वजनिक नभएको गुनासो हेर्न दर्ता नम्बर आनिबार्य छ त्यसैले दर्ता नम्बर सुरक्षित राख्नुहोस।